आज २०७३ माघ १२ गते

३१ औं वार्षिकोत्सव सम्पन्न, स्वास्थ्य राज्यमन्त्रीलाई भव्य स्वागत (फोटो फिचर)

राज्यमन्त्रीले १० लाख दिने
राष्ट्रिय २०७३ पौष १९ २२८ पटक हेरिएको

खेवाहाङ मेवाहाङ, संखुवासभा, संखुवासभाको खाँदबारीमा रहेको वरुण बहुमुखी क्याम्पसले आफ्नो स्थापना कालको ३१ औं वार्षिकोत्सव मनाएको छ । आइतबार देखि सुरु भएको वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मंगलबार सम्पन्न गरिएको हो । Image title

    कार्यक्रमको पहिलो दिन उद्घाटन सगैं गजल तथा साहित्यिक प्रतियोगिताको आयोजना गरिएको थियो । जस्मा प्रशा खनाल प्रथम, होम बहादुर घिमिरे द्वितिय र यमन राई तृतीय भएका छन् । त्यस्तै, सोमबार लोक गायन तथा नृत्य प्रतियोगिता सम्पन्न गरिएको थियो । उक्त प्रतियोगितामा लोक गायन तर्फ सन्तोष कोही राई, राम कुमार राई, आशा राई र सजिना राई क्रमशः प्रथम, द्वितिय, तृतिय र सान्त्वना भएका छन् भने नृत्य तर्फ क्रमशः प्रथम, द्वितिय, तृतिय र सान्त्वना प्रमिला राई, रोमी राई, सुस्मिता राई र सुमि मगर भएका थिए ।  

    यसै अवसरमा मावि तथा उमावि स्तरिय कबड्डी प्रतियोगिता र छात्राहरुका लागि म्युजिकल चेयर प्रतियोगिताको आयोजना गरिएको थियो । कबड्डी प्रतियोगिता तर्फ भने हिमालय उमावि प्रथम, मंगलादेवि मावि द्वितीय, वरुण बहुमुखी क्याम्पस तृतीय र आदर्श मावि पिप्ले सान्त्वना भएका छन् ।

    प्रतियोगितामा विजयी समूह तथा विद्यार्थीहरुलाई मंगलबार समापन कार्यक्रमका बिच पुरस्कृत गरिएको छ । यसैबिच क्याम्पसमा लामो समयदेखि सेवा गर्दै आएका नायव सुब्बा सूर्य कुमार बुढाथोकीलाई दिर्घ सेवा पदकबाट सम्मान गरिएको थियो भने कमलप्रसाद बजगाईलाई पनि कदरपत्र द्वारा सम्मान गरिएको थियो । सम्मानितद्वय क्याम्पसबाट सेवा निर्वित्त भइ सकेका छन् ।Image title

    २०४३ सालमा स्थापना भएको यस क्याम्पसमा जिल्लाका विभिन्न गाविस तथा गाउँ र छिमेकी जिल्ला भोजपुरका ९ सय ६० जना विद्यार्थीहरु अध्ययनरत छन् । आर्थिक वर्ष २०७२÷०७३ अन्तर्गत क्याम्पसको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पस प्रमुख टिकाराम गुरुङले कुल आय १ करोड २९ लाख ५९ हजार २ सय ८२ रुपैंया र कुल व्यय १ करोड ४३ लाख ३९ हजार ७ सय १५ रुपैंया रहेको र यस वर्षको लागि १ करोड ८६ लाख ६ हजार ३ सय ४७ रुपैंयाको बजेट तर्जुमा गरिएको जानकारी दिए ।

          यसैक्रममा महिला छात्रबास अर्थात लेडिज ह्वेस्टेल निर्माणका लागि १० लाख रुपैंया यसै आर्थिक वर्षमा उपलब्ध गराउने माननीय स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले उद्घाटनको क्रममा बोल्दै प्रतिबद्धता जनाएका छन् । क्याम्पसको ३१ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै राज्यमन्त्री गुरुङले यस्तो बताएका हुन् । क्याम्पसले गरेको सम्मानलाई सिरोधार्य गर्दै यस क्याम्पसलाई आफुले पनि सकेको सहयोग गर्ने राज्यमन्त्री गुरुङले बताए । यस्तै यस क्यम्पसमा अध्ययनरत स्वास्थ्य संकायका विद्यार्थीहरुले थेसिस लेख्न आवश्यक पर्ने सामग्री चाहिएको खण्डमा आफू मन्त्रालयमा रहँदा उपलब्ध गराउने समेत उनले जनाए ।Image title

    कार्यक्रममा पूर्वाञ्चल विश्व विद्यालय प्राज्ञिकसभाका सदस्य राजेन्द्र गौतमले क्याम्पसको भौतिक पुर्वाधार तथा भवन निर्माण गर्न जिल्ला विकास समिति, नगरपालिका, उद्योग वाणिज्य संघ लगायतका विभिन्न संघसंथाको सहयोगमा यहाँको जनतालाई परिचालित गरेर सजिलै भवनहरु निर्माण गर्न सकिने र क्याम्पस सञ्चालक समिति, व्यवस्थापन समिति र क्याम्पस प्रशासनले यसलाई अघि बढाउनु पर्ने धारणा राखे । सिनेटर गौतमले माननीय राज्यमन्त्री र आफूहरु माझ महिला छात्र बास निर्माणका लागि प्रस्ताव सहित उपस्थित हुन आग्रह गरे

    कार्यक्रममा क्याम्पस सञ्चालक, जग्गादाता, राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, शिक्षा प्रेमी, बद्धिजीवी, शिक्षक, विद्यार्थी लगायत सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook