आज २०७३ फागुुण १० गते

गजल मनपर्ने साहित्य बिधा - निमाराज

कला/साहित्य २०७३ पौष ५ २१३१ पटक हेरिएको

 निमाराज तामाङसानै उमेरबाट साहित्य क्षेत्रमा कलम चलाएका निमाराज तामाङले यतिबेला आफ्नो पहिलो गजल संग्रह प्रकाशनको तयारीमा लागेका छन । बाल्यकाल देखि नै बिद्यालयको विभिन्न कार्यक्रमहरुमा आफ्नो साहित्यिक सृजनालाई साथीहरुको माझ सुनाउने गरेको थिए । हाल मलेसियामा कार्यरत निमाराज यति बेला आफ्नो गजललाई पाठकहरुको सामु ल्याउन लागेका हुन । उनको गजलमा विभिन्न किसिमको सृजनाको रस पाउन सकिने कुरा गजलकार निमाराज तामाङ बताउछन् । 

कला, संस्कृती, राजनीति, मायाप्रेम, प्रकृतिसगँ नजिक रहेका गजलहरुलाई उनले आफ्नो पहिलो गजल संग्रहमा पस्किन लागेका हुन । उनको प्रमुख बिशेषता भनेको समसामयिक बिषयबस्तुलाई टपक्क टिपेर गजलमा लेख्न सक्नु नै हो । सामाजिक सञ्जाल फेसबुक मार्फतपनि उनले आफ्ना गजलहरु सुनाएर धेरैको मन जित्न सफल भएका छन । उनले लेखेको एउटा गित समेत बजारमा ल्याउन लागेका छन । गजलकार भन्छन " मलाई सबैभन्दा गजल मनपर्ने साहित्य बिधा हो" ।

गजलकार निमाराज तामाङ हाल मलेसियामा रहेर विभिन्न संघसंस्था समेत सक्रियरुपमा कार्यरत छन । गजलकार तामाङले लेखेका एउटा गजल यस्तो छ :-म गरिबपनि हास्न पाए हुन्थ्यो, रुदारुदै थाकिसकेकुट्टो र कोदालो भारीको नाम्लो छुदाछुदै थाकिसके अरुण र तमोर सुसाएझै पसिना सुसाउछ शरिरमासाहुको रिन तिर्नलाई भनि कमारी हुदाहुदै थाकिसकेकुट्टो र कोदालो भारीको नाम्लो छुदाछुदै थाकिसकेपेटलाई छैन मीठो भोजन निन्द्रालाइ छैन .

ओछ्यान झुप्रे घरको छानाबाट पानी धरर चुदाचुदै थाकिसके कुट्टो र कोदालो भारीको नाम्लो छुदाछुदै थाकिसकेभाग्यमा खै के लेख्या हो कमारी भएर रुनुमात्र पर्नेगरिबीले दिएको यो कालो अनुहार धुदाधुदै थाकिसके कुट्टो र कोदालो भारीको नाम्लो छुदाछुदै थाकिसके म गरिबपनि हास्न पाए हुन्थ्यो, रुदारुदै थाकिसके


Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook