आज २०७३ फागुुण १३ गते

कांग्रेस भोजपुरका सचिव आलेलाई कारबाही गर्न माग

समाज २०७३ पौष १७ ४७९० पटक हेरिएको

रमेश अाले

भोजपुर । नेपाली कांग्रेस भोजपुरका सचिव कैलाशकुमार आले विरुद्ध उजुरी परेको छ । भोजपुर बहुमुखी क्याम्पसमा आंशिक प्राध्यापक नियुक्तीमा प्रजातन्त्रवादी प्राध्यापक संघभित्र जातियताको नारा उछालेकोले संघले जिल्ला पार्टीमा उजुरी दिएको हो । प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाली काँग्रेसको शुभेच्छुक संस्था हो ।

आलेले प्राध्यापक चयनमा विना आधार जातियकरण गरेको आरोप लगाएका थिए । जबकी ती क्याम्पस प्रशासनले प्रतिस्पर्धाको आधारमा प्राध्यापक नियुक्त गरेको थियो । आलेले क्षेत्रीबाहुन समुदायका प्राध्यापक नियुक्त भएको भन्दै विना आधार जनजातिलाई पाखा लगाएको अभिव्यक्ती दिएका थिए । आलेले जातियकरणको नारा उछाली क्षेत्रीबाहुन समुदायका प्राध्यापकलाई पाखा लगाएर क्याम्पस चलाउन पर्छ भन्दै केही प्राध्यापकलाई दबाबसमेत दिएका थिए ।

संघमा आवद्ध प्राध्यापकहरुले जातियताको नारा दिएर पार्टीको जिम्मवार पदमा बस्न मिल्छ की मिल्दैन ? भनेर प्रतिप्रश्न समेत गरेका छन् । “देशमा भाषा, धर्म संस्कृति, जातका नाममा उठ्ने मुद्धालाई निस्तेज पार्दै प्रत्येक नेपाली एक, जात एक, बर्ग एक भन्ने काँग्रेसको नीति भएपनि जिल्ला सचिव कैलाशकुमार आलेले हालसालै क्याम्पसमा आंशिक प्राध्यापकको नियुक्तीको विषयमा पार्टीको शुभेच्छुक संस्था प्रजातन्त्रवादी प्राध्यापक संघ भित्र जातियताको नारा दिई जनजाति र क्षेत्री समुदाय एक भई क्षेत्रिबाहुनको वचश्र्व र अस्तित्वलाई सखाप पार्नु पर्छ भन्ने अभिव्यक्ति यस संघका सदस्यहरु समक्ष पटक–पटक दवाव दिएको तथ्यले संघ स्तव्ध भएको छ,” संघले पार्टीमा बुझाएको निवेदनमा भनिएको छ, “मुलुकको सवैभन्दा ठूलो प्रजातान्त्रिक पार्टीको जिम्मेवार पदाधिकारीबाट यस्तो साम्प्रदायिक एंव नश्लवादी अभिव्यक्ती दिनु, व्यक्ति र जाती किटानी गरी जातियतालाई पृष्ठपोषण हुने धारको विकास गर्नु तथा स–साना इकाइमा गुटबन्दीका अभ्यास हो भन्ने हाम्रो ठम्याई हो ।” संघले सचिव आलेले दिएको अभिव्यक्ति माथि सत्य तथ्य छानवीन गर्न माग समेत गरेका छ ।

“जातिगत अभिव्यक्तिबारे छानविन समिति गठन गरेर दोषी उपर छानविन गरी कांग्रेसको विधान अनुसार कारवाही अघि बढाउन संघले कांग्रेसको जिल्ला समिति समक्ष अनुरोध छ,” निवेदनमा उल्लेख छ । संघमा आबद्ध प्राध्यापकहरुले आलेमाथि छानबिन गरी उचित कार्वाही नगरे उनी उपस्थित कुनै पनि कार्यक्रममा सहभागि नहुने बताएका छन् । सचिव आलेको कार्यशैलीलाई लिएर कांग्रेस कार्यकर्ता हैरान बनेको स्रोतको दावी छ । कार्यकर्ता संरक्षण भन्दा पनि आफ्नो चाकडी गर्नेहरुलाई काखि च्याप्ने आलेको प्रवृत्तिले इमान्दार कार्यकर्ता उनीसँग रुष्ट बनेका छन् । 

क्षमता र लगनशिलताका आधारमा कार्यकर्ता संरक्षण र जिम्मेवारी दिने भन्दा सचिव आले चाकडी गर्ने र आफ्ना धुपौरेको संरक्षणमा लागेपछि पार्टी वृत्तमा उनको चर्को विरोध हुन थालेको छ । पार्टी सचिवको जिम्मेवारी सम्हालेपछि र त्यसभन्दा पहिले जिल्ला सदस्य भएको बेलामा पनि उनकै कारणले कांग्रेका केही इमान्दार कार्यकर्ता विस्थापित भएको चर्चा अहिले भोजपुर सदरमुकामका चिया पसलमा चल्ने गरेको छ । आफुलाई राजनीति, पत्रकारिता, व्यापार व्यवसाय सवै क्षेत्रको विज्ञ सम्झने र सम्बन्धित क्षेत्रमा लागेका व्यक्तिहरुलाई सिकाउँदै हिड्ने उनको पुरानैै प्रवृत्ती भएको स्रोत बताउँछ ।

“केही समय अघि जिल्लामा क्रियाशिल एक पत्रकारलाई आलेले पत्रकारीता पढाउन थालेपछि ती पत्रकार उनीसँग आक्राशित बनेका थिए,” स्रोतले भन्यो,“उनको यो प्रवृत्ति र कार्यशैलीले कार्यकर्तामा निराशा पैदा हुने, र सिंगो पार्टीलाईनै घाटा पुग्छ ।” आलेले आफ्नो चाकडी नगर्ने कार्यकर्ता माथि वेला वेलामा धम्किको भाषा समेत प्रयोग गर्दै आएको स्रोतको दावी छ । कांग्रेसका कार्यकर्ताका अनुसार आले जस्ता नेताका कारण पार्टी विग्रिएको र जिल्लाले पनि उनी जस्ता नेताबाट केही आशा गर्न नसक्ने बताउँन थालेका छन् ।

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook