आज २०७३ फागुुण १३ गते

फिफा वर्ष खेलाडीः को–को परे, हेर्नुहोस्

खेलकुद २०७३ कार्तिक २० १०१९ पटक हेरिएको

Image title

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले वर्ष खेलाडी २०१६ का लागि २३ खेलाडीको नाम सार्वजनिक गरेको छ । फिफाले फ्रान्सेली फुटबल म्यागजिनसँगको सहकार्य टुटेपछि यो वर्षदेखि फेरि फिफा वर्ष खेलाडी अवार्ड दिन लागेको छ । अवार्डका लागि फिफाले शुक्रबार २३ खेलाडीको नाम सार्वजनिक गरेको छ ।

को को परे ?

१. सर्जियो अग्युरोः म्यानचेस्टर सिटीरअर्जेन्टिना

२. ग्यारेथ बेलः वेल्सररियल मड्रिड

३. जियानलुइजी बुफोनः इटालीरयुभेन्टस

४. क्रिष्टियानो रोनाल्डोः पोर्चुगलररियल मड्रिड

५. केविच डि ब्राउनः बेल्जियमरम्यानचेस्टर सिटी

६. एन्टोनी ग्रिजम्यानः फ्रान्सरएथ्लेटिको मड्रिड

७. जाल्टन इब्राहिमोविचः स्वीडेनरपेरिस सेन्ट जर्मेनरम्यानचेस्टर युनाइटेड

८. आन्द्रेस इनिएस्टाः स्पेनरबार्सिलोना

९. एन’गोलो कान्टेः फ्रान्सरलिसेस्टर सिटीरचेल्सी

१०. टोनी क्रसः जर्मनीररियल मड्रिड

११. रोबर्ट लेवान्डोस्कीः पोल्याण्डरबायर्न म्युनिख

१२. रियाद महरेजः अल्जेरियारलिसेस्टर सिटी

१३. लियोनल मेस्सीः अर्जेन्टिनारबार्सिलोना

१४. लुका मोड्रिकः क्रोएसियाररियल मड्रिड

१५. म्यानुएल नुएरः जर्मनीरबायर्न म्युनिख

१६. नेइमारः ब्राजिलरबार्सिलोना

१७. मेसुट ओजिलः जर्मनीरआर्सनल

१८. दिमित्री पेयटः फ्रान्सरवेष्ट ह्याम

१९. पउल पोग्बाः फ्रान्सरयुभेन्टसरम्यानचेस्टर युनाइटेड

२०. सर्जियो रामोसः स्पेनररियल मड्रिड

२१. एलेक्स सान्चेजः चिलीरआर्सनल

२२. लुइस स्वारेजः उरुग्वेरबार्सिलोना

२३. जेमी भर्डीः इंग्ल्याण्डरलिसेस्टर सिटी

फिफाले सन् १९९१ देखि २००९ सम्म पनि फिफा वर्ष खेलाडी अवार्ड दिँदै आएको थियो । तर त्यसपछि गएको वर्षसम्म फ्रेन्च फुटबलसँगको सहकार्यमा फिफा बालोन डी’ओर प्रदान गरिएको थियो । फिफाले आउँदो जनवरी ९ मा ज्युरिचमा हुने विशेष कार्यक्रममा फिफा वर्ष खेलाडी २०१६ को अवार्ड प्रदान गर्दैछ । त्यसअघि डिसेम्बर २ मा अन्तिम तीनमा पर्ने खेलाडीको नाम सार्वजनिक हुनेछ । अवार्डका लागि दुई किसिमको मतदान प्रक्रिया अपनाइने छ ।

विश्वका राष्ट्रिय टिमका कप्तान तथा मूख्य प्रशिक्षकले दिएको मतलाई ५० प्रतिशत तथा विश्वका झण्डै दुई सय खेल पत्रकार तथा अनलाइनमार्फत समर्थकले दिने मतले ५० प्रतिशत हिस्सा लिने छ । फिफाले पुरुष वर्ष फुटबल खेलाडीसहित विभिन्न ८ विधामा पुरस्कार प्रदान गर्ने छ ।

फिफा महिला वर्ष खेलाडी, पुरुष वर्ष प्रशिक्षक, महिला वर्ष प्रशिक्षक, वर्षको उत्कृष्ट गोल अवार्ड, फेयर प्ले अवार्ड, फ्यान अवार्ड र फिफा वर्ष टिम अवार्ड प्रदान गरिने छ । अवार्डका लागि मत दिन चाहने समर्थकले फिफा डट कममा गएर आफूलाई मन परेको खेलाडीलाई मत दिन सक्ने छन् ।

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook