आज २०७३ फागुुण १० गते

यसकारण चिनियाँहरु आफ्नै पिसाब पिउँछन्

स्वास्थ्य २०७३ असार २० ६३९ पटक हेरिएको

Image titleजेन्सी । चिनियाँहरु खानपानमा निकै शौखिन र स्वास्थ्यमा निकै सचेत रहेने मध्येमा पर्दछन् । उनीहरुको परिकारहरु सुन्दा पनि हामी अचम्ममा पर्दछौं ।चिनियाँहरु शंखेकररिाको सुप देखि अनेकथरी किरा र चराहरुको मासु समेत खाने गर्दछन् ।

 त्यो सुन्दा र पढ्दा हामीलाई घिन लाग्न सक्छ । फेरि अर्को एउटा समाचार पढ्दा तपाईंलाई पक्कै पनि घिन लाग्ने छ ।हुँदा हुँदा चिनियाहरुले आफ्नै पिसाब पनि पिउन थालेका छन्, यो समाचार पढ्दै गर्दा तपाईंले मन मनै के सोच्नु भयो रु चीनमा अहिले आफ्नो पिसाब पिउने अभियान नै चल्न थालेको छ ।ज्यानलाई स्वस्थ राख्नका लागि आफ्नै पिसाब पिउन प्रोत्साहन गर्न चीनमा एउटा युरिन थेरापी एसोसिएसन नै खुलेको छ । 

उहान सहरको कंगयुयुयानमा रहेको यो संस्थाको सदस्य संख्या १ हजार पुगेको छ र उनीहरु प्रत्येक दिन बिहान संस्थाको कार्यालयमा आएर बाथरुम छिर्छन् र पिसाब गिलासमा राखेर बाहिर आउँछन् अनि पिउँछन् ।यसरी पिसाब पिउँदा कब्जियत, घाउचोट लगायतका समस्या समाधान हुने संस्थाको दाबी छ । 

यो संस्था सन् २००८ मा खुले पनि चिनियाँ सरकारले यसलाई मान्यता भने दिएको छैन । भारतका पूर्व प्रधानमन्त्री मोरारजी देसाइले पनि आफ्नै पिसाब पिउने गरेका थिए ।

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook