आज २०७३ माघ १२ गते

अमेरिकी राष्ट्रपतिको चुनाव आज, चुनावी खर्चमा हिलरी अगाडि

अन्तराष्ट्रिय २०७३ कार्तिक २३ ८७० पटक हेरिएको

Image title

काठमाडौं । अमेरिकामा आज राष्ट्रपतिको चुनाव हुँदैछ र, थुप्रै रेकर्डहरु बन्ने सम्भावना छ । डेढ वर्ष अघिसम्म धेरैलाई लागेको थिएन कि डोनाल्ड ट्रम्प रिपब्किन पार्टीको उम्मेदवार बन सक्नछन् ।

जबकी फिलाडेल्फियामा डेमोक्रेट्सको सम्मेलनपछि यो प्रष्ट भएको थियो कि हिलरी क्लिटन उम्मेदवार बन्नेछन् । तर, अब धेरैलाई मतदान र चुनावी परिणामको मात्र प्रतिक्षा छ । र, अमेरिकी राष्ट्रपति चुनावले बनाउन सक्ने ५ रेकर्डबारे हामी यहाँ चर्चा गर्दैछौं ।

१. सबैभन्दा पाको राष्ट्रपति

जनवरी २००९ मा जब बाराक ओबामा ह्वाइट हाउस पुगे, त्यसबेला उनको उमेर ४७ वर्ष थियो । अमेरिकी इतिहासमा उनी पाँचौ सबैभन्दा युवा राष्ट्रपति हुन् । थियोडोर रुजवेल्ट सबैभन्दा युवा अमेरिकी राष्ट्रपति हुन् । पद सम्हाल्दा उनको उमेर ४२ वर्ष ३२२ दिन थियो ।

गत जून १४ मा डोनाल्ड ट्रम्पले आफ्नो ७० औं जन्मदिन मनाए । यदि उनी राष्ट्रपति बने सबैभन्दा पाको उमरका अमेरिकी राष्ट्रपति बन्ने छन् । रोनल्ड रीगन राष्ट्रपति बन्दा उनको उमेर ६९ वर्षका थिए । हिलरी क्लिन्टनको उमेर पनि ६९ वर्ष नै भएको छ । हिलरी विजयी भएको अवस्थामा उनी दोस्रो पाको उमेरका अमेरिकी राष्ट्रपति बन्नेछिन् ।

२. जो राष्ट्रपति बनेपनि न्यूयोर्कको जित

१९४४ पछि न्यूर्योकका दुई व्यक्तिबीच पहिलो भिडन्त हुँदैछ । यसअघि न्यूयोर्कका गभर्नर थोमस ई डेवेले फ्यांकलिन डी रुजवेल्टविरुद्ध चुनाव लडेका थिए । यो पटक बाजी जसले मारेपनि अमेरिकी राष्ट्रपति न्यूयोर्ककै हुनेछन् । उसो त हिलरी सिकागोमा जन्मिएकी हुन् तर, न्यूयोर्कबाट सिनेटर थिइन् ।

३. चुनावी खर्चमा हिलरी अगाडि

यदि डोनाल्ड ट्रम्प विजयी भएमा सबैभन्दा कम पैसामा प्रचार अभियान चलाउने विजेता उम्मेदवार बन्नेछन् । यसअद्धिघ अलगोरले २००० मा निकै कम रकम खर्च गरेका थिए । खर्चको मामिलामा हिलरी ट्रम्पभन्दा धेरै अगाडि छिन् ।

४. अनुभव पृष्ठभूमिबाट आएका ट्रम्प

अमेरिकी चुनावमा ट्रम्पको जित एक अर्को कारणले पनि महत्वपूर्ण हुनेछ । पछिल्लो ६० वर्षमा अमेरिकामा कोही यस्ता राष्ट्रपति छैनन्, जो कांग्रेसको सदस्य वा कुनै राज्यको गभर्नर नभएको होस् । फरक पृष्ठभूमिबाट आएका पूर्वअमेरिकी राष्ट्रपति ड्वाइड अइजनहोजर दोस्रो विश्वयुद्धको समयमा गठवन्धन सेनाका सुप्रिम कामाण्डर थिए ।

उनी १९५३ मा अमेरिकाको राष्ट्रपति बने । १९२९ देखि १९३३ सम्म राष्ट्रपति भएका हरबर्ट हुवर पेशाले इन्जिनियर र मानवतावादी थिए र विगतमा जुवाघर र होटल चलाएका कोही व्यक्ति राष्ट्रपतिको उम्मेलवार समेत बनाएका थिएन् । तर, ट्रम्पको दाबी छ कि उनीसँग डिल गर्ने अनुभव छ ।

५. पहिलो महिला राष्ट्रपति

डेमोक्रेटिक पार्टीको उम्मेदवार बनेपछि हिलरी लिन्टिनले कुनै पनि ठूलो पार्टीको पहिलो महिला उम्मेदवारको रेकर्ड बनाइसकिन् । अब उनी जितेमा पहिलो महिला राष्ट्रपति बन्नेछिन् ।

यसअघि रिपब्लिकन उम्मेदवार जोन मकेनले २००८ मा आलास्काकी गभर्नर सारा पालिनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएर धेरैलाई आश्चर्यमा पारेका थिए । १९८४ मा डेमोक्रेट लिडर वाल्टर मोन्डाले गोराल्डाइन फेराफोलाई उपराष्ट्रपति पदको उम्मेदवार छनौट गरेका थिए । यद्यपि दुबै मध्ये कोहीले पनि चुनावमा जित हात पार्न सकेनन् ।

६. डेमोक्रेटको लगातार दोस्रो पारी

विगतमा आश्चर्यजनक रुपमा दुई पटक यस्तो भएको छ कि डेमोक्रेट नेताको उत्तराधिकारी पनि उसैको पाटीृबाट आएको छ । ह्यारी ट्रूम्यान र लिन्डन जोनसन दुबै उपराष्ट्रपति थिए र राष्ट्रपतिको मृत्यु भएपछि दुबै राष्ट्रपति मनोनित भए । दुबैले राष्ट्रपतिको चुनाव पनि जिते । क्लिन्टनको जित यसकारणले पनि डेमोक्रेटिमक पार्टीका लागि महत्वपूर्ण हुनेछ ।

Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook