आज २०७३ फागुुण १० गते

चन्द्रकला राईको दोस्रो गीति एल्बम "सोल्टी हजुर" छिट्टै बजारमा आउदै

मनोरञ्जन २०७३ पौष ९ ७४३ पटक हेरिएको

Image titleनिमाराज तामाङ

 पौष ०९, २०७३


सांगेतिक क्षेत्रमा धेरै लामो समय काम गरेर अनुभवी संगितकार , गितकार तथा गायिकाको नामले परेचित चन्द्रकला राईले यतिबेला आफ्नो दोस्रो गीति एल्बम "सोल्टी हजुर" बजारमा ल्याउने तयारीमा छिन् । उनको पहिलो गीति एल्बम "अन्तरा" को व्यावसायिक सफलतापछि दोस्रो एल्बम बजारमा ल्याउने भएकी हुन् । हाल गायिका राई निकै व्यस्त गायिकाको रुपमा चिनिन्छन । संगित कार्य र गायन क्षेत्रमा पोख्त क्षमता भएकी राईले राजेशपायल राई सगँ गाएको एउटा गित "सुन कोशी छेउ" बाट अपार सफलता समेत हात पारेकी थिइन् । 

"सोल्टी हजुर" एल्बममा पाचवटा गित समावेश गरिएको जानकारी गायिका राईले जानकारी दिनु भएको हो । "सोल्टी हजुर" को टाईटल गितमा रेवत राई र राई स्वंयमको स्वर रहेको छ । यो गितलाई गायिका आफैले लेखेका हुन भने यो गितलाई संगित वरिष्ठ गायक तथा संगितकार भिषण मुकारुङले दिएका छन र गितको एरेन्ज गायक तथा एरेन्जर सागर संसार राईले गरेको हुन। "सोल्टी हजुर "को टाईटल गितको भिडियो समेत बनिसकेको हुनाले केही दिनमै लन्च समेत गर्ने गायिका राईले बताउनु भएको छ । 

यो एल्बममा सर्वाधिक चर्चित गायक राजेशपायल राईले समेत एउटा गितमा गायिका चन्द्रकला राईलाई साथ दिनु भएको छ । यो "सोल्टी हजुर" एल्बमको व्यावसायिक सफलताको कामना गर्दछौ ।


Loading...

यसमा तपार्इको प्रतिक्रिया राख्नुहोस

Find us on facebook