बसको ठक्करबाट झापामा एक जनाको ज्यान गयो

झापा, १९ मंसिर ।

झापाको अर्जुनधारा नगगरपालिका २ स्थित झेलेनी चौकमा आज बिहान बसको ठक्करबाट एक जनाको ज्यान गएको छ। बिहान पौने ९ बजे खुदुनाबारीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ ख २२४६ नम्बरको बसले सोही ठाउँ बस्ने आईन्द्र लामघातीको ८ बर्षिय छोरा समिर लामघातीलाई पैदल हिँडिरहेको बेला ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते बालकलाई उपचारकालागी बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा बिहान ९: ३५ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ। ठक्कर दिने बसका चालकलाई प्रहरी चौकी शनिश्चरे झापाको नियन्त्रणमा राखि कानूनी कार्बाही प्रकृया अगाडी बढाईएको अनारमनी प्रहरीले जनाएको छ