भोजपुरको सुन्तलेमा वन उद्यान पार्कको उद्धघाटन, उद्घाटन पछि यसो भने वन विभागका महानिर्देशकले ?

भोजपुर, १८ मंसिर ।
भोजपुर नगरपालिका ५ सुन्तलेको पानथले सामुदायिक वनमा निमार्णधिन नगर वन उद्यान पार्कको उद्धघाटन गरीएको छ । जिल्ला वन कार्यालय भोजपुरको ८ लाख आर्थिक सहयोगमा निमाण गरीएको पार्कको सामुदायीक वन उपभोक्ता जिल्ला महासंघको प्राविधिक सहयोग रहेको छ ।

पार्क उद्धघाटनमा बोल्दै वन विभागका महानिर्देशक कृष्ण प्रसाद आर्चायले पार्क निमार्णले जिल्लाका वन उपभोक्ता, सामुदायिक वन, र सामग्र जिल्लालाई नै आर्थीक हिसाबमा सहयोग पुग्ने वताए । त्यस्तै उनले अहिलेका सामुदायीक वनहरु दाउरा र घासँका लागि मात्र भन्दा पनि उपभोत्ताहरुको आर्थिक पाटोलाई सहयोग गर्ने तवरबाट विकास गर्नु पर्ने वताए ।

पार्क निमार्णले भोजपुरको पर्यटन विकासको क्षेत्र र सामदायिक वन तथा उपभोत्ताहरुको आर्थिक विकासमा टेवा पुर्याउन महत्वपुर्ण भूमिका खेल्ने वन महासंघका अध्यक्ष राजन राईले वताए ।

जिल्ला वन महासंघका अध्यक्ष राजन राईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि वन विभागका महानिर्देशक कृष्ण प्रसाद आचार्य रहेका थिए ।

कार्यक्रममा जिल्ला वन कार्यालय भोजपुरका वन अधीकृत रामबावु शाहा, जिल्ला वन कार्यालय संखुवासभाका जिल्ला वन अधीकृत सुशील भण्डारी, वनकर्मी, वन उपभोत्ता, सुरक्षा कर्मी लयाएतको उपस्थिति रहेको थियो ।