वैकुण्ठेमा अपाङ्गगता भएका वालवालिकालाई विद्यालय पोसाक वितरण

भोजपुर, १७ मंसिर ।
आइतवार विश्व अपाङ्गगता दिवसको अवसरमा अपाङ्ग सरोकार मञ्च वैकुण्ठेले दुई जना अपाङ्गगता भएको वालवालिलाई सहयोग गरेको छ । मञ्चले सोही ठाउका पुर्णरुपमा अपाङ्गगता भएका अविशेक राई र विनिता राईलाई सहयोग गरेको हो ।

दुवै जना वालवालिकालाई विद्यालय पोषाक र सुइटर दिएर सहयोग गरेको मञ्चले जनाएको छ । कार्यक्रममा वोल्दै रामप्रसाद राई गाउपालिकाका अध्यक्ष विजय राईले राज्यबाट ओझेलमा परेका अपाङ्गगता भएका व्याक्तीहरुलाई आफ्नो ठाउबाट सक्ने सहयोग गर्ने वताए ।

मञ्चका अध्यक्ष कुमार राईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति गाउपालिका अध्यक्ष विजय राई रहनु भएको स्थानिय मनीकुमार राईले जानकारी दिए ।