महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा फलफुल वितरण

भोजपुर, १७ मंसिर ।
महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा विरामी तथा जिल्लाका कारगारका महिला कैदी वन्दीहरुलाई फलफुल वितरण गरिएको छ ।

दिवसको अवसरमा जिल्ला अस्पाताल र शिद्धकाली हस्पीटलका १४ जना विरामी, जिल्ला कारगार कार्यालयका ७ जना महिला कैदीलाई फलफुल वितरण गरिएको सामुदायिक सेवा केन्द्रकी अध्यक्ष लिलामाया तामाङ्गले जानकारी दिइन् ।

दिवसको अवसरमा अन्य दिनमा पनि विविध कार्यक्रम गर्ने अध्यक्ष तामाङ्गको भनाई छ । सामुदायिक सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालय भोजपुर आयोजना गरेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख दिपेन्द्र पञ्जियार थारु, नागरिक समाजका संयोजक प्रशुराम तवारी, विभिन्न संघ सस्था, प्रतिनिधि सञ्चारकर्मी लगाएतको सहभागीता रहेको थियो ।