मतपेटिका सुरक्षाको लागि भोजपुर दलहरुको चासो


भोजपुर, १६ मंसिर ।

मंसिर १० मा निर्वाचन सम्पन्न भए पस्चात मतपेटिको सुरक्षाको लागि सुरक्षाकर्मीसंगै भोजपुरका दलहरुले पनि खटिरहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भण्डारण गरिएको मतपेटिकाको सुरक्षाका लागि राजनैतिक दलका प्रतिनिधिहरुले पनि समय तालिका वनाएर मतपेटिकाको सुरक्षाका लागि खटिएका हुन् ।

मतदान सम्पन्न भए पनि मतगणना भने मंसिर २१ गते साझबाट हुने भए पछि दलहरु पनि मतपेटिको सुरक्षामा जुटेका छन् । मतपेटिकालाई मुख्य निर्वाचन अधिकृतको कार्यालयको कोठामा सिलवन्दी गरेर राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको भनाई छ ।

नेपाल प्रहरी सशस्त्र प्रहरी, र नेपाली सेनाले २४ सै घण्टा मतपेटिको सुरक्षा दिई रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । त्यस्तै मतपेटिका सुरक्षाको लागि राजेश खतिवडा र दुर्गा योञ्जनको नेत्वृतमा १६ जना दलका प्रतिनिधिहरु २४ सै घण्टा सुरक्षामा खटिएको वाम गठवन्धनले जनाएको छ । यसैगरि लोकलान्त्रिक गठवन्धन पनि आफ्ना प्रतिनिधिहरु सुरक्षाको लागि खटाएको जनाएको छ ।