भोजपुरको शिक्षाको विषयमा राष्ट्रिय मानव अधिकार आयोगको चासो..

भोजपुर,१२ मंसिर ।
राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रिय कार्यालय खोटाङ्गले भोजपुर जिल्लाको शैक्षिक अवस्था र शैक्षिक क्षेत्रमा मानव अधिकारको अवस्थाको वारेमा अन्तरक्रिया गरेको छ ।

जिल्लाको सम्रग शैक्षिक क्षेत्रमा रहेका समस्या र शैक्षिक अवस्थाको वारेमा जानकारी लिने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको उपक्षेत्रिय कार्यालय खोटाङ्गका प्रमुख मोहनदेव जोशीले जानकारी वताए । छलफलमा उठेका शिक्षा क्षेत्रका समस्याहरुलाई टिपोट गरि राष्ट्रिय मानव अधिकार आयोगमा पठाउने प्रमुख जोसीको भनाई छ ।

अनुगमनबाट भोजपुर जिल्लाको समग्र शिक्षा क्षेत्रको अवस्था सामान्य मात्र पाईएको उनको भनाई छ । कार्यक्रमका सहभागीहरुले भोजपुर जिल्लाको शिक्षाको समस्याको वारेमा आफनो धारणा राखेका थिए ।

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी डम्वरध्वज आङ्वेङवे, नेपाल शिक्षक महासंघका अध्यक्ष तिर्थकुमार राई, प्याव्सन भोजपुरका अध्यक्ष रमेश कुमार आले, भोजपुर वहुमुखी क्याम्पसका उपप्रध्यापक उक्तम शिंह राई , विभिन्न विद्यालयका प्रधानाध्यापक,विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले जिल्लाको शिक्षा अवस्थाको वारेमा धारणा राखेका थिए ।