चुनावको प्रचारको लागि गायक स्यामसोङ भोजपुरमा

गाएक श्याम स्यामसोङ

भोजपुर १ मंसिर ।
चार्चित गाएक श्याम स्यामसोङ चुनावी प्रचारको लागि भोजपुरमा आएका छन् । उनि वामगठवन्धनको चुनावी कार्यक्रमको प्रचार प्रसारको लागि भोजपुर आएका हुन् ।

मुर्चुङ्गा आधुनिक पप एल्वम निकालेर दश बर्ष अघि नेपाली सांगितिक आकाशमा उदाएका गायक सामसोङ्ग पछिल्ला समय पर्दाफासभो गितबाट झनै चर्चाको शिखरमा पुगेका गाएक हुन् ।

गायक सामसोङ्ग को ‘मैच्याङ हो घुम्न जाउँ सुन्तले डाँडामा’ लगायतका गितले यस अघि सञ्चारमाध्याम र संगित प्रेमीहरुका मनमा घर जमाएको थियो । यिनै चर्चीत गायक सामसोङग आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा बाम गठबन्धनलाई विजयी गराउन भोजपुरमा आएकाछन् ।

बाम गठबन्धनको चुनावी अभियानमा उत्तरी दिङ्ला बजार हुँदै जोडीएका सामसोङ्गले साल्पाशिलिचो,टेम्केमैयङ्गुँ र भोजपुर नगरपालिकामा हुने चुनाव प्रचार प्रसार अभियानमा सहभागी हुने जनाएका छन् ।

बाम गठबन्धनलाई विजयी गराउनकै लागि एउटा चर्चित गायक किन आए भन्ने प्रश्नमा साङसोन भन्छन् कलकार राष्ट्रका गहना मात्रै हैन अङग पनि हुन र म कलकारको अलवा यो देशको सचेत नागरीक पनि हुँ ।

यसकारण देशको अस्थिर राजनितिका कारण सवै क्षेत्रको विकास हुन सकेको छैन चाहे त्यो गित संगित र कलाको क्षेत्र होस या पर्याटन, या भौतिक विकास यसकारण देशमा स्थिर सरकारको आवश्याकता छ र त्यो अलि बढी बामपन्थिहरुको गठबन्धनमा सम्भव भएकाले बामपन्थिहरुलाई विजयी गराउनका लागि म अभियानमा लागेको हुँ ।

सामसोङ्गले अझै थपे देश समृद्ध हुन यहाँका सवै क्षेत्र समृद्ध हुन जरुरी छ यसकारण देशमा स्थिायी सरकार भएपछि आम नेपाली जनताले चाहे जस्तो विकास र समृद्धी सम्भव छ विकास र समृद्धीकाल लागि प्रगतिशिल शक्तिको विजयी हुन जरुरी रहेका ले अव बर्षो देखीको गतिरोध अन्त्य गर्दै बामपन्थि शक्तिको नेतृत्वमा स्थायी सरकार बनाउन सवैमा आह्वन गर्दछु ।