आज वाला चतुर्दशी, शिव मन्दिरमा शतविज छरिदै

१, मंसिर ।
आज वाला चतुदर्शी, दिवंगत भएका आमाबाबुको आत्माको चीर शान्तिको कामना गर्दै छोराछोरीहरुले देशभरका शिवमन्दिरमा गई शतबिज छरेका छन् । आजका दिन भोजपुरको सिद्धकाली मन्दिर, टेम्के डाडा, दिंलाको शिव मन्दिर , लगाएत स्थानमा आफ्ना मृतक आमाबाबुको नाममा धान, गहुँ, मास, मुगी, कागुन र सामा मिलाईएको सप्त धान्य युक्त शतबिज छर्ने चलन छ ।

परम्परा अनुसार भक्तजनले शतबिज छर्नका लागि हिजो विभिन्न मन्दिरमामा गई रातभर महादीप बाली भजन कीर्तन गरेर जाग्राम बस्दछन् र आज बिहान अर्थात वाला चर्तुदशीका दिन सबेरै स्नान गरी शतबिज छर्ने चलन छ । यसरी सतबिज छर्दा पितृहरुले सद्गति प्राप्त गर्छन् भन्ने धार्मिक विश्वास छ ।