कृषि योजनाहरुको अनुगमन

भोजपुर २४, कात्तिक।
जिल्लाका विभिन्न ठाँउमा जिल्ला कुर्षी विकास कार्यालय भोजपुरले सञ्चालन गरेको बहुपक्षीय योजनको आज अनुगमन तथा मुल्याङमन गरीएको छ ।

अनुगमनकै क्रममा भोजपुर नगरपालिका – ४ दावाँमा रहेको विभिन्न जातको बालिनालीको लगाएतको अनुगमन गरिएको हो । अनुगमन पश्चात वुज वुद्धि कुर्षी सहकारीले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथी कुर्षी विकास मन्त्रालयका सहसचिव डिलाराम भण्डारीले परम्परागत खेती प्रणलीलाई तोड्दै व्यावसायिक खेति तर्फ लाग्न आवश्यक रहेको वताए ।

संस्थाका अध्यक्ष शम्भु राउतको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्रालयका उप सचिव राम बावु अधीकारी जिल्ला कुर्षी विकास कार्यालयका वरीष्ठ कुर्षी विकास अधीकृत जितेन्द्र यादव लगाएतको उपस्थीत रहेको थियो ।