भोजपुरमा एन आई सी एसिया वैकको साखा विस्तार,के के छन्  सुविधा ?



भोजपुर १७ कात्तिक । 

भोजपुरमा एन आई सी एसिया वैकले एक सय १६ औ साखा विस्तार गरेको छ । दुर्गम ठाउ सम्म  बैंकिङ सेवाको पहुंच पु¥याउने उदेश्यले शाखा बिस्तार गरिएको वैकका शाखा प्रवन्धक योगेन्द्र खनालले  बताए ।

बैंकले आर्कषक ब्याजदर, निशुल्क प्रसासनिक शुल्क, सरल कर्जा प्रक्रिया, निशुल्क मोवाईल बैंकिंङ, कर्जा प्रवाह, निक्षेप सकंलन, लगाएत सेवा सुविधा दिने प्रवन्धक खनालको भनाई छ ।

त्यस्तै सात वर्ष सम्मको कर्जा अवधि, माशिक रुपमा किस्ता वा व्याज मात्र भुक्तानी गर्ने लगाएत सुविधा पनि रहेको खनालले वताए । यो वैक संगै भोजपुुरमा वैकहरुको संख्या १२ पुगेको छ ।

शुक्रबार बैंकको शाखाको  भोजपुर नगरपालिकाका मेयर कैलास कुमार आले उद्घाटन गरेका हुन्।जिल्लाका राजनैतिक दल,पत्रकार,स्थानिय,सघंसस्था लगाएतको उपस्थितीमा बैंकको शुभारम्भ गरिएको हो ।