दुईवटा बस ठोक्किँदा १७ जना घाइते

२९ पौष । दुईवटा बस ठोक्किँदा १७ जना घाइते भएका छन् । अत्तरियाबाट नारायणगढका लागि छुटेको ना ७ ख २२६ नम्बरको बस र टीकापुरबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख ५१३२ नम्बरको बस कैलालीको लम्कीचुहा नगरपालिका–६ बुलरामा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १४ जनाको लालरत्न अस्पतालमा उपचार भैरहेको छ । तीनजनालाई भने थप उपचारका लागि नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढा मगरले जानकारी दिए । बाक्लो हुस्सुका कारण दुर्घटना भएको अनुमान गरिएको छ ।