अनेरास्वावियू भोजपुरद्धारा षडानन्द बहुमुखी क्याम्पसमा संगठन विस्तार

भोजपुर, २८ पौष ।
अनेरास्वावियू भोजपुरले षडानन्द वहुमुखि क्याम्पसमा संगठन विस्तार गरेको छ । अनेरास्ववियूले मुना घिमिरेको अध्यक्षमा कमिटि गठन गरेको हो ।

त्यस्तै संगठनको उपाध्यक्ष गिरीजा कार्की, सचिव सन्तोष श्रेष्ठ, सहसचिवहरु विना राई, तुलसा राई, सम्झना खड्गी र कोषध्यक्षमा आसिका श्रेष्ठ रहने गरि १३ सदस्य कमिटि गठन गरेको हो ।

अनेरास्वावियूका जिल्ला कमिटि अध्यक्ष ध्रुवराज राई अध्यक्षतामा भएको कार्यक्रममा युवा संघ नेपाल भोजपुरका अध्यक्ष सन्दीप राई भोजपुुर क्याम्पसका स्वावियु सभापति प्रकाश शिंह राई उपस्थिति रहेको थियो ।