भोजपुरको टक्सारमा आगलागी

भोजपुर २७ पौष ।
भोजपुर नगरपालिका –१२ टक्सारको रैकर भन्ने ठाँउमा आगलागी भएको छ । आज दिउँसो ४ वजे स्थानिय कुलबहादुर श्रेष्ठको गोठघरमा आगलागी भएको प्रहरीले जनाएको छ । आगो के करण लागेको हो र कति क्षति भयो भन्ने विवरण आउन वाँकी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आगो भने नियन्त्रणमा आएको प्रहरीको भनाई छ ।