भोजपुरको दाँवामा अस्पताल सञ्चालनको तयारी गरिदै

भोजपुर, २७ पौष ।
भोजपुर नगरपालिका –४ दावाँको शिद्धेश्वरमा सामुदायिक अस्पताल सञ्चालनको लागि समिति गठन गरिएको छ । दाँवाली मिलन क्वल काठमाण्डौ सम्पर्क समितिको दावामा बसेको वैठकले अध्यक्षमा टेक वहादुर खड्का रहने गरि संयोजन समिति गठन गरेको हो ।

त्यस्तै समितिको उपाध्यक्ष कृष्ण वहादुर राई, सचिव गणेश श्रेष्ठ, कोषाध्यक्ष कमला प्रधान राई रहने ११ सदस्य समिति गठन गरेको छ।

‘धनवहादुर शुभथंकु दाँवा सामुदायिक अस्पताल’ स्थापना गर्ने गरि दावाली मिलन क्लव काठमाण्डौ संग समन्वय गरी स्थानिय रुपमा समितिले काम अगाडी वढाउने संयोजन समितिका अध्यक्ष टेक वहादुर खड्काले जानकारी दिए ।

स्वागिर्य धनवहादुर शुमथंकुको नाममा अस्पताल स्थापना गर्नको लागि आफन्तले निशुल्क जग्गा दिने सहमती भएको कारण अस्पतालको नाम पनि सोही अनुसार राख्ने निर्णय गरेको समितिले जनाएको छ ।