भोजपुरको अरुण गापाका दुई वडाका सवै घर सहकारीमा आवद्ध

भोजपुर, २६ पौष ।
भोजपुरको पुर्वी अरुण गाउँपालिकाका दुई ओटा वडाका सवै घरधुरी सहकारीमा आवद्ध भएका छन् । वडा नं–१ याङ्गपाङ्ग र वडा –२ चम्पेका सवै घरधुरी सहकारीमा आवद्ध भएसगै सहकारी युक्त वडा वनेको मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । चम्पेमा पाथीभरा वचत तथा ऋण सहकारी सस्थामा ५ सय ९० घर र याङ्गपाङ्गमा अरुण वचत तथा ऋण सहकारी सस्थामा ६ सय ५४ घर आवद्ध भएसंगै दुवै वडाका सवै घरधुरी सहकारीमा आवद्ध भएका हुन् । दुवै वडालाई एक कार्यक्रमको आयोजना गरि सहकारी युक्त वडा घोषण गर्ने तयारी भइरहेको पाथीभरा वचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष काली वहादुर खतिवडाले वताए ।