भोजपुरमा २५ लाखको जग्गा निशुल्क वडा कार्यालयलाई हस्तान्तरण

जग्गादाताहरु वाशुदेव तिवारी र चन्द्र प्रसाद तिवारी ।

भोजपुर, २४ पौष ।
पौवादुङ्मा गाउँपालिकाको –२ तिवारी भञ्ज्याङ्गको वडा भवन निर्माणका लागि स्थानियले २५ लाख मुल्य वरावरको जग्गा निशुल्क प्रदान गरेका छन् । स्थानिय वाशुदेव तिवारी र चन्द्र प्रसाद तिवारीले निशुल्क जग्गा वितरण गरेका हुन् ।

वडा कार्यालयको भवन नहुँदा कामकाज सञ्चालन गर्न समस्या भएकोले निशुल्क रुपमा एक रोपनी आठ आना अग्गा प्रदान गरेका हुन् । जग्गा प्रदान गर्ने दुवैजनालाई वडा कार्यालय तिवारी भञ्ज्याङले धन्यवाद तथा आभार प्रटक गरेको वडा अध्यक्ष वम किरात राईले वताए ।  उनिहरुले वडाको नाम आइतवार नै जग्गा पास गरिदिएको वडा सचिव राम वहादुर तामाङ्गको भनाई छ ।