कति होला प्रियंकाको कमाई ?

अहिलेकी व्यस्त नायीका हुन् प्रियंका कार्की । चलचित्र, विज्ञापन, म्युजिक भिडियोमा प्रियंका सधैँ अगाडी छिन् ।एक वर्ष भित्र नै उनले करीव आधा दर्जन फिल्म खेल्ने गरेकी छन् केही दिन अघिमात्र चलचित्र लिलिबिलिको छायाङ्कन सकिएर उनी हाल नेपालमा छिन् ।

उनलाई एक पछि अर्को फिल्ममा खेल्न भ्याई नध्याई हुन्छ तर उनलाई सधैं एउटै भूमिकामा देखीएको आरोप लाग्ने गरेको छ तर प्रियंका यसलाई स्वीकार गर्दिनन् , भन्छिन् मैले सधैँ एउटै भूमिकामा काम गरेको छैन । मेरो लागी हरेक चलचित्र नयाँ हुन्छ र त्यस भित्रको पात्र चुनौती । चलचित्रमा काम गर्नु मेरो पेसा हो । यो बाहेक मेरो बुटिक पनि छैन ब्युटिपार्लर पनि छैन । मैले यही क्षेत्रमा काम गरेर आफूलाई पाल्नु पर्छ । तर त्यसो भन्दैमा पैसाको लागी मात्र मैले काम गरेको हैन । अहिले मैले जे गरिरहेको छु त्यसमा खुसी छु, रमाइरहेको छु ।

प्रियंका भन्छिन् विदेशमा जस्तो सहज स्थीती छैन र यदी कुनै निर्माताले ११ करोड दिनु भयो भने म सायदै वर्षमा एउटामात्र चलचित्र गर्छु । चलचित्र क्षेत्र विकसित हुँदै गर्दा म यहाँ प्रवेश गरेकी हु। मैले नयाँ कलाकारले लिए जस्तो सायद १० ,१२ लाख पारिश्रमिक लिन पनि सक्दिन होला। ‘

तर पनि अहिले आफूले पाएको पारिश्रमिक चित्त बुझ्दो भएको र यसैबाट आफ् सन्तुष्ट भएको उनी बताउँछीन् ।