यौन उत्तेजना फैलाएको आरोपमा गायिका पक्राउ

भिडियोमार्फत अश्लिलता फैलाएको आरोपमा इजिप्टकी एक पप गायिकालाई प्रहरीले पक्राउ गरेको छ । विवादित म्युजिक भिडियोबाट दुव्र्यवहार गर्न उक्साएको’ आरोपमा पप गायिका लैला एमरलाई पक्राउ गरिएको हो ।

अश्लिल म्युजिक भिडियो सार्वजनिक गरेपछि उक्त भिडियोबाट अपमानित महसुस गर्दै इजिप्टको कायराबासीले प्रहरीमा उजुरी दिएका थिए । मुस्लिम देशमा यो भिडियोले समाजलाई अश्लिल बनाउन उक्साएको र यो देशकै लागि खतरा सावित हुन सक्ने देखिएपछि पक्राउ गरिएको अधिकारीहरुले बताएका छन् ।

इजिप्टमा यसअघि श्यामा नामक पप स्टारलाई म्युजिक भिडियोमा कामुकता देखाएर यौन उत्तेजना फैलाएको भन्दै २ वर्षको जेल सजाय सुनाइएको थियो । एजेन्सी