भोजपुरका शारीरिक रुपमा असक्तले पाए ह्वीलचियर


भोजपुर, १८ मंसिर ।
यहाँका शारीरिक रुपमा असक्त सात जनाले ह्वीलचियर पाएका छन् । अपाङगता रोकथाम तथा पुनः स्थापना कार्यक्रम अन्तर्गत करुणा फाउन्डेसन, सामाजिक विकास मन्त्रालय प्रदेश १ र स्थानीय तहको साझेदारी ह्वीलचियर वितरण गरिएको हो ।
पौवादुङमा गाउँपालिकाका तीन जना र टेम्केमैयुङ गाउँपालिकाका चार जनालाई ह्वीलचियर वितरण गरिएको अरुणा फाउण्डेसन भोजपुरका प्रमुख जनार्दन सुवेदीले जानकारी दिए । अन्य थप तीन जनालाई पनि वितरण गर्ने योजना रहेको सुवेदीको भनाइ छ । सुवेदीका अनुसार ३१ औँ अन्तराष्ट्रिय अपाङगता दिवसको अवसरमा जिल्लाका नौ ओटै स्थानीय तहमा कार्यक्रम गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार