३१ औँ अन्तराष्ट्रिय अपाङगता दिवसको अवसरमा ह्वीलचियरसँगै शैक्षिक तथा खाद्य समाग्री वितरण


भोजपुर, १७ मंसिर । ३१ औँ अन्तराष्ट्रिय अपाङगता दिवसको अवसरमा ह्वील चियरसँगै शैक्षिक तथा खाद्य समाग्री वितरण गरिएको छ । अपाङगता रोकथाम तथा पुनः स्थापना कार्यक्रम अन्तर्गत करुणा फाउन्डेसन, सामाजिक विकास मन्त्रालय प्रदेश १ र स्थानीय तहको साझेदारीमा कार्यक्रम गरिएको हो । दिवसको अवसरमा पौवादुङमा गाउँपालिकामा अपाङगता भएकाहरुलाई तीन ओटा ह्वील चियर र टेम्केमैयुङ गाउँपालिका चार ओटा ह्वील चियर वितरण गरिएको करुण फाउण्डेसनका भोजपुर प्रमुख जनार्दन सुवेदीले जानकारी दिए । उनका अनुसार दिवसको अवसरमा जिल्लाका नौ ओटै स्थानीय तहमा कार्यक्रम गरिएको छ । षडानन्द नगरपालिकामा अपाङगता भएकाहरुलाई लक्षित गरेर सिरक व्लाङकेट लगाएत न्यानो कपडा वितरण गरिएको छ ।

त्यस्तै भोजपुर नगरपालिका १२ टक्सारमा रहेको यशोधरा माध्यमिक विद्यालयका १२ जना विद्यार्थीलाई करुण फाउण्डेसनले खाद्यन्न, शैक्षिक, सामग्री, टोपी लगाएत गरी २५ हजार बराबरको सामग्री वितरण गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख कमल थुलुङ तथा विद्यालयका प्राध्यानाध्यक ध्रुवराज रेग्मीको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रम बोल्दै जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङले करुण फाउण्डेसनको अगुवाईमा भएको काम प्रशंसायोग्य रहेको बताए । त्यस्तै विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीले करुण फाउण्डेसनले विद्यार्थीहरुलाई गरेको सहयोगले पठनपाठनमा थप टेवा पुग्ने धाराणा राखे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार