भोजपुरमा मतगणना शुरु


भोजपुर, ५ मङसिर । भोजपुरमा मतगणना शुरु भएको छ । आज बेलुका सात बजेबाट गणना शुरु भएको हो । अहिले प्रतिनिधिसभा र प्रदेशसभा एक को गणना शुरु भएको मुख्य निर्वाचन अधिकृत मनीराम न्यौपानेले जानकारी दिए । भोजपुर नगरपालिकाको सभाहलमा मतगणना भईरहेको छ । यहाँमा ५० दशमलव ३९ प्रतिशत मत खसेको छ । कुल एक लाख २३ हजार ३७९ मतदाता मध्ये ६२ हजार १८१ जना मतदाताले मतदान गरेका गरेका छन् । जिल्लका नौ वडा स्थानीय तहका ८७ ओटा मतदान स्थलको एक सय ५७ मतदान केन्द्रमा सौहर्दपूर्ण वातावरणमा मतदान सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार