भोजपुरमा ५० प्रतिशत मत खस्यो


भोजपुर, ४ मङसिर । प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा भोजपुरमा ५० दशमलव ३९९ प्रतिशत मत खसेको छ । कुल एक लाख २३ हजार ३७९ मतदाता मध्ये ६२ हजार १८१ जना मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृत मनीराम न्यौपानेले जानकारी दिए । यहाँका नौ वडा स्थानीय तहका ८७ ओटा मतदान स्थलको एक सय ५७ मतदान केन्द्रमा सौहर्दपूर्ण वातावरणमा मतदान सम्पन्न भएको न्यौपानेको भनाई छ । मतदान सम्पन्न भएकाले अहिले मतपेटिकालाई सदरमुकामसम्म ल्याउने काम भईरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भोली बिहान ९ बजेसम्म सम्पूर्ण मतपेटिका ल्याइसक्ने र दिउसो २ बजेबाट मतगणना शुरु गर्ने तयारी भईरहेको रहेकोसमेत न्यौपानेले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार