अरुणको चरम्वीमा माओबादी केन्द्र परित्याग गरि १५ जना एमालेमा प्रबेश


भोजपुर, ३० कात्तिक । भोजपुरको अरुण गाउँपालिकामा -४ चरम्वीमा माओबादी केन्द्र परित्याग गरि १५ जना नेकपा एमालेमा प्रबेश गरेका छन् । बुधबार नेकपा एमाले अरुण गाउँपालिकाले आयोजना गरेको चुनावी भेला तथा भेटघाट कार्यक्रम मार्फत गजेन्द्र ढकालको नेतृत्वमा माओबादी नेन्द्र परित्याग १५ जना एमालेमा प्रबेश गरेको नेकपा (एमाले) अरुण गाउँकमिटि अध्यक्ष नारायण घिमिरेले बताए । नव प्रवेशीहरुलाई नेकपा एमाले स्थायी कमिटि सदस्य तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार शेरधन राई एमाले केन्दीय सदस्य तथा प्रदेश सभा सदस्य क्षेन क का उम्मेदवार हरि बहादुर राई र पुर्वमन्त्री तथा एमाले प्रदेश कमिटि सदस्य कृर्पासुर शेर्पाले लगाएत नताहरुले स्वागत गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार