भोजपुरलाई तीन वर्षभित्र उज्यालो जिल्ला घोषणा गर्छु : पूर्वमुख्यमन्त्री शेरधन राई


भोजपुर ८ कात्तिक । प्रतिनिधिसभा सदस्य उम्मेदवार एमाले स्थायी कमिटी सदस्य तथा पूर्वमुख्यमन्त्री शेरधन राईले भोजपुरलाई आगामी तीन वर्षभित्र उज्यालो जिल्ला घोषणा गरेर छाड्ने बताएका छन् । पार्टीको तर्फबाट जितेर गएपछि विभिन्न जिम्मेवारी पुरा गर्दै विकासको लहर चलाएको भन्दै उनले जितेर गएपछि जिल्लालाई उज्यालो जिल्ला घोषणा गर्ने बताएका हुन । एमाले भोजपुरले आयोजना गरेको कार्यकर्ता भेला तथा बैठकलाई सम्वोधन गर्दै राईले यस्तो बताएका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार