‘हिजो आजका कुरा’ले थाल्यो मोफसल टुर


पारिवारिक कथामा निर्माण भएको फिल्म ‘हिजो आजका कुरा’ ले आज (शुक्रबा) बाट मोफसल टुर सुर गरेको छ । फिल्मको प्रचारका लागि निर्माण युनिटले कलाकार सहित मोफसल टुर थालेका हो । फिल्मले आजै बिहान नेपालगञ्जस्थित भाटभटेनी सुपरमार्केटमा दर्शकहरुसँग साक्षात्कार गरेको थियो । फिल्मको प्रचार प्रशारणलाई व्यापकता दिन मोफसल टुर थालिएको निर्देशक साकार पन्तले बताए ।

असोज २८ बाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म अभिनेता सन्तोष पन्तले निर्माण गरेको हुन् । नेपालगन्जपछि ‘हिजो आजका कुरा’ को जम्बो टोली शनिबार पूर्वी नेपालका तीन मुख्य शहर–धरान, इटहरी र बिराटनगर पुग्नेछ । सेड्युल अनुसार शनिबार बिहान ११ बजे धरानको भाटभटेनी सुपरमार्केट, २ बजे इटहरीको भाटभटेनी सुपरमार्केट र साँझ ४ः३० बजे विराटनगरको भाटभटेनी सुपरमार्केटमा यस फिल्म युनिट पुग्नेछन् ।
टुरमा कलाकार सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, जेबिका कार्की, दिब्यदेव, बिनय कुइँकेल, अनुष्का अधिकारी लगायत निर्देशक साकार पन्त समेत सहभागी छन् ।
मोफसलको पहिलो चरणको यात्रापछि टोली दोश्रो चरणमा पोखरा, चितवन, हेटौडालगायतका शहरमा पुग्ने योजना रहेको निर्माण पक्षले जनाएको छ । गीतसंगीत तथा ट्रेलरबाट समेत दर्शकको ध्यान तान्न सफल चलचित्रमा नेपाली समाजको बर्तमान अबस्था, पारिवारिक आरोह अबरोह, नेपालीको विदेश मोह लगायतका बिबिध समसामयिक बिषय उठान गरिएको छ । पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको कथा अभिनेता पन्तकै हो भने पटकथा सन्दिप किस्नाको छ । रवि सायमीले खिचेको फिल्मको कार्यकारी निर्माता प्रतिभा पन्त,सह–निर्माता बैकुष्ठप्रसाद उपाध्याय र सचितकुमार मिश्र छन् ।

चलचित्रमा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिब्यदेव, रिमा विश्वकर्मा, स्व।जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, बिनय कुँइकेल, अनुष्का अधिकारी, निराजन प्रसाद अर्याल, सबिन शाक्य, कमला रेग्मी, रिहान केसी लगायतले अभिनय गरेका छन् । फिल्मको बितरण मोफसलमा एफडि र राजधानीमा आरआर फिल्मस्ले गर्दैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार