फष्ट रैफल गण भोजपुरले भत्कायो जोखिम आवस्थाम रहेको घर


भोजपुर, ६ असोज । विभिन्न समयमा हुने प्रकोप तथा आपत् विपतमा नेपाली सेनाले गर्दै आएको काम सराहणिय देखिएको छ । नागरिकको सहयोगमा विभिन्न समाजिक काम गर्दै आएको फष्ट रैफल गणले भोजपुर नगरपालिका ८ पोखरेमा जोखिमपूर्ण अवस्थाको घर भत्काएको छ । सेनाले वडा न। ८ पूर्व वडाध्यक्ष गोपाल कार्कीको आधा भत्किएर जोखिम अवस्थामा रहेको घरलाई पन्साएको हो । भग्नावशेष अवस्थामा रहेको घरले थप मानविय क्षति नपुगोस् भन्नाको लागि फष्ट रैफल गण भोजपुरका सेनानी भुवन बहादुर थापाको कमाण्डमा गएको सेनाको टोलीले उक्त घरलाई सुरक्षित तवरबाट भत्काएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार