किरात राई यायोक्खा भोजपुरको अध्यक्षमा सिर्जना राई


भोजपुर, ३ असोज । किरात राई यायोक्खा भोजपुरको अध्यक्षमा सिर्जना राई निर्वाचित भएकी छन् । यायोक्खाको नवौँ जिल्ला अधिवेशनबाट राई दोश्रो कार्यकालका लागि निर्विरोध चयन भएकी हुन् । यायोक्खाको नवौँ कार्यकालका लागि सिर्जना राईको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति बनेको हो । जसमा कार्यसमितिको उपाध्यक्षमा अनिता राई र विदुर राई, सचिवमा निरन कुमार राई, सहसचिवमा विक्रम बुँक्छा र मदिप् राई, कोषाध्यक्षमा सत्यकला राई, सदस्यमा दिल बहादुर राई, हर्कराज साम्पाङ राई, निर्मला राई, डिल्लीराज राई, कुमार विक्रम राई, मधुकला राई, फुलमाया राई, दिल कुमारी राई, पवित्रादेवी राई र कालजित राई निर्विरोध चयन भएका हुन् ।

किरात राई बाहुल्यता रहेको भोजपुरमा ७२ प्रतिशतभन्दा बढि किरात राई समुदायको बसोबास रहेको तथ्याङ्कले देखाएको छ । आगामी असोज ८, ९ र १० गते काठमाडौंमा हुने केन्द्रिय अधिवेशनलाई लक्षित गरि जिल्ला अधिवेशन आयोजना गरिएको थियो । नयाँ कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित राईले यायोक्खाले अधुरा र भईरहेका काम तथा आयोजनालाई पूर्णता दिँदै उपलब्धिमूलक कार्यकाल बनाउने प्रतिबद्धता जनाईन् । किरात राई समुदायको पहिचान र उत्थानका लागि यायोक्खा सधैं तत्पर रहने उनले बताईन् । विशेषगरि भोजपुर नगरपालिका ६, देउरालीस्थित निर्माणाधिन बहुउद्देश्यीय किरात भवनलाई पूर्णता दिने पहिलो काम रहेको अध्यक्ष राईले जिकिर गरिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार