संविधान दिवसको अवसरमा राष्ट्रिय युवा संघ भोजपुरद्धारा रक्तदान कार्यक्रम


भोजपुर ३ असोज । संविधान दिवसको अवसरमा राष्ट्रिय युवा संघ नेपाल भोजपुरले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान कार्यक्रम मार्फत २५ जनाले रक्तदान गरेको युवा संघ नेपाल भोजपुरले जनाएको छ । विभिन्न समयमा जिल्ला अपतालमा ‘ब्लड’को अभाव हुने समस्यालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको संघका उपाध्यक्ष उत्तराज खड्काले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार