खोटाङ प्रदेशसभा(ख)बाट अधिवक्ता खत्री सिफारिस


खोटाङ, २७ भदौ ।
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) खोटाङले प्रदेशसभा (ख) बाट प्रत्यक्ष तर्फ अधिवक्ता बमबहादुर खत्रीलाई सिफारिस गरेको छ । विद्यार्थी कालदेखी सकृय राजनिति गर्दै आएका खत्रीलाई नेकपा (एस)ले उम्मेदवारमा नाम सिफारिस गरेको हो । खत्री अहिले प्रदेश १ पार्टी सदस्य तथा खोटाङ जिल्ला पार्टी उपाध्यक्ष हुन् ।

नाम सिफारिस भएकाले आफूले टिकट पाए निर्वाचन जित्ने खत्रीको दावी छ ।  खत्री भने,‘ खोटाङबाट प्रदेशसभा (ख) प्रत्यक्षमा मेरो नाम सिफारिस भएको छ । मैले टिकट पाएभने निर्वाचन जित्छु । यदि टिकट पाइएन भने पाटीका उम्मेदवार जिताउन लाग्छु ।’

यो निर्वाचनमा गठनबन्धन हुने भएकाले गठबन्धनको निर्णय अनुसार निर्वाचनमा लाग्ने उनको भनाइ छ । नेकपा(एस) खोटाङले प्रत्यक्ष तर्फ प्रतिनिधिसभामा प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राई, प्रदेशसभा (क) मा विरबल काजी राईसहित सात जना र प्रदेशसभा (ख)मा खत्री सहित सात जनाको नाम सिफारिस गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार