माओवादी केन्द्र भोजपुरद्धारा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि १३ जनाको नाम सिफारिस


भोजपुर, २४ भदौ । नेकपा (माओवादी केन्द्र) भोजपुरले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि १३ जनाको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभाको लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा प्रत्यक्ष तर्फ सुदन किराँती, अजम्वर काङमाङ राई, शरण तामाङ र बिमल खडकाको नाम सिफरिस गरिएको हो । समानुपातिक तर्फ एक बहादुर राई र दुर्गा राईको नाम सिफारिस भएको छ । प्रदेशसभा (क) प्रत्यक्ष तर्फ दिलकुमार राई, राजेश खतिवडा र हर्कराज राईको नाम पठाइएको छ । समानुपाातिकमा बबिन्द्र रसाइलीको नाम सिफारिस गरेको छ ।

यस्तै प्रदेससभा (ख) प्रत्यक्ष तर्फ सन्दिप राई र समानुपातिकका लागि मनिका राई र सम्झना राईको नाम सिफारिस गरी पठाइएको माओवादी केन्द्र भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार