एमाले भोजपुरद्धारा प्रदेशसभा तथा प्रतिनिधिसभाका लागि ३८ जनाको नाम सिफारिस


भोजपुर, २२ भदौ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले) भोजपुरले ३८ को नाम सिफारिस गरेको छ । एक प्रतिनिधि सभा र दुई प्रदेशसभा क्षेत्रका लागि एमाले भोजपुरले मंगलबार ३८ को नाम सिफारिस गरेको हो ।

एमाले  जिल्ला कमिटी भोजपुरको पूर्ण बैठकले प्रतिनिधिसभा  र दुई प्रदेशसभाका लागि प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवार सिफारिस गरेको हो । प्रतिनिधिसभा तर्फ प्रदेश १ का पूर्व मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य शेरधन राई र पूर्व पर्यटन मन्त्री तथा एमाले प्रदेश  कमिटी सचिवालय सदस्य कृपाशुर शेर्पाको नाम सिफारिस गरेको एमाले जिल्ला अध्यक्ष शरण कुमार राईले जानकारी दिए । समानुपातिक तर्फ पासाङ दोर्ची शेर्पा र शशी रोक्का नाम सिफारिस गरिएको छ ।

एमालेले प्रदेशसभा (क) प्रत्यक्ष तर्फ ६ जनाको नाम सिफारिस गरेको छ । बैठकले हरि बहादुर राई, देवीराम चौलागाई, प्रकाश पौडेल, प्रशुराम अधिकारी, योगेन्द्र खत्री र रोशन बस्तेतको नाम सिफारिस गरेको हो । समानुपातिक तर्फ १२ जनाको नाम सिफारिस गरेको छ । समानुपातिकमा इन्दिरा घले, खगेन्द्र राई, ठाकुरसिं राई, दिपेन्द्र प्रसाद घिमिरे, विनिता तामाङ, विष्णु बहादुर राउत, भोज बहादुर भुजेल, राजकुमार दंगाल (समुल) लक्ष्मी कला राई (जिसी) सुबास मगर र शेरबहादुर श्रेष्ठको नाम सिफारिस गरेको हो ।

त्यस्तै प्रदेश सभा (ख) प्रत्यक्ष तर्फ खड्ग बहादुर कार्की (प्रेम) तीर्थकुमार राई, ध्यान बहादुर राउत, प्रशुराम अधिकारी, पारुहाङ राई, राजन कुमार श्रेष्ठ र सृजना राईसहित सात जनाको नाम सिफारिस गरिएको छ ।

प्रदेश सभा (ख) समानुपातिक तर्फ कुमार फुयाल, चित्रलाल विक, दुर्गा रणपंहेली, पिवन्त न्यौपाने, बन्दना राई, मुक्ती राई, लाल बहादुर विक, राजकुमार कार्की र सजना दर्जीसहित नौ जना सिफारिस गरिएको एमाले जिल्ला उपाध्यक्ष मक्कर खड्काले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार