मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई मातृशोक


भोजपुर, २० भदौ ।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ । मुख्यमन्त्री राईकी आमा धनकुमारी राईको ८४ वर्षको उमेरमा सोमबार विहान निधन भएको हो ।
भोजपुरको षडानन्द नगरपालिका– ११ घर रहनु भएकी राईको स्वास्थ्य अवस्था जटिल बन्दै भएपछि केहि दिनअघि थप उपचारको लागि विराटनगर लगिएको थियो । विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा क्रममा उपचारको राईको निधन पारिवारिक श्रोतले जनाएको छ ।

स्वर्गीय राईको कान्छा छोरा मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित तीन छोरा, पति र एक छोरी रहेका छन् । स्वर्गीय राईको अन्तिम सस्कारको लागि शव भोजपुर ल्याउने तयारी भईरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार