पौवादुङमा -४ मा वडास्तरमा भत्ता वितरण (फोटो फिचर )


भोजपुर, २५ साउन । स्थानीय नागरिकलाई सहज सेवा दिने लक्ष्यले पौवादुङमा गाउँपालिकाले वडाबाट थालेको सामाजिक सुरक्षा भत्ता वितरणको घुम्ति शिविर जारी छ । घुम्ति शिविरको छैटौँ दिन बुधबार वडा नं ४ बास्तिमको वडा कार्यालयबाट भत्ता वितरण गरिएको छ ।

सामाजिक सुरक्षा भत्ता लिन गाउँपालिका धाउदै आएका स्थानीय वडास्तरबाट भत्ता पाउदा खुसी भएका छन् । गाउँपालिका अध्यक्ष किरण राई, उपाध्यक्ष ज्योत्सना राई, प्रमुख प्रशासकिय अधिकृत नविन भटट्राई, वडाध्यक्षसहितको समुहले स्थानीयलाई सहज हुने ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले वडा -६ ठुलोदुम्माबाट भत्ता वितरण थालेको हो । गाउँपालिकाले चौमासिकरुपमा यसरी नै वडाबाट भत्ता वितरण गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार