मुख्यमन्त्रीले छलफलको ढोका बन्द गर्दा प्रदेश १ को नामाकरण हुन सकेन : एमाले नेता शेरधन राई


भोजपुर, २४ साउन । प्रदेश १ सरकारले छलफलका लागि सबै ढोका बन्द गरेकोले प्रदेशको नामाकरण हुन नसकेको पूर्व मुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले बताएका छन् । एमाले नामको विषय चाडो टुङ्गो लगाउने पक्षमा रहेपनि वर्तमान मुख्यमन्त्री राजेन्द्र कुमार राइले दलहरुसंग छलफलको लागि चासो नदिएको राईको भनाइ छ । मंगलबार प्रेस चौतारी नेपाल भोजपुरले आयोजना गरेको पत्रकार सम्मलेन मार्फत हालका मुख्यमन्त्री आफ्नो हट भन्दापछि नसरेको कारण नामाकरणको विषय पेचिलो बन्दै गएको राईले बताए । मुख्यमन्त्री राईले आफुले चाहेको बाहेक अरु कुनै पनि प्रस्तावित नामको बारेमा छलफल नै गर्न नचाहेको राईको आरोप छ ।

प्रदेश १ को नामाकरणको विषय सम्वेदनशिल रहेको बताउदै, राईले भने,‘ हामी प्रस्तावित सवै नामको विषयमा छलफल गर्न तयार छौँ । तर, मुख्यमन्त्री राईको कारण नामाकरणको विषय पेचिलो बन्दै गएको छ । यो छोटो समयमा भएपनि सहमतिका आधारमा प्रदेशको नाम राख्न एमाले लागि परेको छ ।’’ आफ्नो कार्यकालमा प्रदेशको राजधानी टुङगो लगाएपछि नामाकरण गर्न पहल गरेको भएपनि दलहरु बीच उत्पन्न भएको किचलोको कारण नाम राख्न नसिकएको पूर्व मुख्यमन्त्री राईको भनाइ छ ।

‘‘मेरो पालामा नामाकरण गर्न धेरै कोशिष गरियो’’राईले भने,‘‘दुई तिहाई थियो तर नाम मात्रको । बहुमतका आधारमा नामाकरण गर्न त्यती बेला सत्तामै भएका साथीहरुको साथ नभपछि नामाकरण गर्न सकिएन । केन्द्र सांसदले यहाँ किलचो देखेर नै नामाकरणको जिम्मा प्रदेश सांसदको काधमा सुम्पिएको थियो । नामाकरणको विषय मैले मात्र चाहेर पुरा हुने विषय थिएन ।’’

अहिले सरकारलाई सहमतिको आधारमा नामाकरण गरौँ भन्दा छलफल गर्ने अवस्था नरहेको राईको भनाइ छ । सहमतिका लागि एमाले अहिले उठेका किरात, कोशी किरात, सगरमाथा, विजयपुर, सप्तकोशी वा अन्य सबै नामको विषयमा छलफल गर्न तयार रहेको राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार