ठेक्का लागेको १३ बर्ष सम्म पुल नवनेपछि षडानन्दका मेयर पुगे सडक विभाग


भोजपुर,१३ साउन । भोजपुरको षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदासले ठेक्का लागेको १३ बर्षमा पनि अरुण नदिमा पुल नवनेपछि विशेष चासोका दिएकाछन् । उदासले विहिवार सडक विभागका प्रमुख लगायत मातहतका शाखा प्रमुखहरुलाई भेटेर पुलको निर्माणको ढिलासुस्ती विषयमा जानकारी लिई तीव्र गतिका कामअघि वढाईदिनको लागि ध्यानाकर्षण समेत गरेकाहुन् । मेयर उदासले नगरपालिकालाई तराईसँग जोडने निर्माणधिन लम्सुवा, कात्तिके र ठेक्का प्रक्रियामा रहेको सतिघाट पुलको वारेमा प्रगति विवरणको वारेमा जानकारी लिएका थिए । मेयर उदासले बर्षातको समयमा नगरपालिकाका जनताले पुलको अभावमा १ सय ५० किलोमिटर भन्दा लामो यात्रा गर्न बाध्यहुनु परेको र जनताले कष्ट बेहोरिरहनुपरेको अवस्थालाई मध्यनजर गर्दै पुल निर्माणकार्यलाई तीव्र गतिमा अघि बढाईदिन अनुरोध गरेकाहुन् ।

सडक विभागका महानिर्देशक अर्जुन जंग थापाले ठेकेदारको लापर्वाहीका कारण १३ बर्ष सम्म पनि पुल निर्माणले गति लिन नसकेकोले लम्सुवा पुलको ठेक्का तोडिएको जानकारी दिए । उनले भने स्वच्छन्द निर्माण सेवाका जयराम लामिछानेको लापर्वाहिका कारण पुल अलपत्र पर्‍र्यो त्यसकारण त्यसकारण ठेक्का तोडिएको हो । लम्सुवा पुल २०६६ सालमा तात्कालिन भौतिक पुर्वाधार मन्त्री विजय गच्छधारले शिलान्यास गरेका थिए । कात्तिकेघाटको पक्की पुलको आँउदो आर्थिक बर्षभित्र सम्पन्न हुन सक्ने सडक विभागले जनाएको छ । पानी भित्रको अधिकांस गाह्रो काम सकिएको हुँदा आउँदो आर्थिक बर्षभित्रमा पुल निर्माण सम्पन्न हुने पुल महाशाखाका प्रमुख उमेश विन्दु श्रेष्ठले जानकारी दिए । यता कात्तिकेघाटको पुलनिर्माणको काम भुक्तानि नभएको भन्दै केहिमहिना देखि ठेकेदार कम्पनीले रोकेको छ । पिल्लरको काम पुर्ण नभएकोले भुक्तानी नभएको र पुर्णहुनासाथ भुक्तानी गरिने पुल महाशाखा प्रमुख श्रेष्ठले वताए ।

यता सतिघाटको पुलको भने ठेक्का प्रक्रियामा रहेको सडक विभागले जनाएको छ । ठेक्का हाल्ने ७ निर्माण कम्पनी मध्ये एउटा कम्पनीले गलत सुचना दिएर ठेक्का हालेको उजुरी परेको हुँदा छानविन भईरहेको विभागका महानिर्देशक थापाले वताए । तुरुन्तै छानविन र मुल्यांकनको काम सकेर ठेक्काको निर्णय गरिने पनि महानिर्देशक थापाले जनाएकाछन् । पुल निर्माणको लागि कार्यालयको तर्फवाट कुनै ढिला सुस्ती नहुने र ठेकेदार कम्पनीलाईपनि ताकेता गरेर समयमै निर्माण पुल सम्पन्न गर्न लागिपर्ने पनि सडक विभागले जनाएको छ । मेयर उदासले कोशी कोरिडोर, अरुण कोरिडोरलाई नगरपालिसँग जोड्ने वारेमा समेत जानकारी लिएका थिए । कार्यक्रममा युवासंघका उपाध्यक्ष रोसन वस्नेत, योगमाया आयुर्वेद विश्वविद्यालय पुर्वाधार निर्माण समितिका सदस्य रामचन्द्र न्यौपानेको पनि उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार