स्थानीयलाई उद्यमसँग जोड्न पौवादुङमाले सञ्चालन गर्यो २९ लाख बरावरको उद्यमशिलता कार्यक्रम


भोजपुर, १८ असार । स्थानीयबासीलाई उद्यमसँग जोड्ने लक्ष्यले भोजपुरको पौवादुङमा गाउँपालिकाले २९ लाख बराबरको उद्यमशिलता कार्यक्रम सञ्चालन गरेको छ ।गाउँपालिकाले केन्द्र सरकारबाट आएको ससर्त बजेटबाट यहाँका स्थानीयलाई विभिन्न सामग्री हतान्तरणसँगै सो सम्वन्धि तालिमसमेत दिएको छ ।गरिवी निवारणको लागि लघुउद्यम विकास कार्यक्रम (मेट्पा) अन्तर्गत स्थानीयहरुलाई तालिमसँगै उद्यमी बन्नको लागि आवश्यक पर्ने सामग्री हतान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रम मार्फत वडा नं ४ बास्तिम र ५ सानोदुम्मका ६४ जनालाइ एक लाख ८२ हजार ४०० बरावरर्को ८ दिने उद्यम विकास तालिम दिइएको छ ।त्यस्तै गरी वडा नं ५ मा १० जनालाई तीन महिने ढाका बुनाई तालिम र ९६ हजार मुल्य बरावरको १० थान नै ढाका तान प्रविधि हस्तान्तरण गरिएको छ । त्यस्तै १८ जनालाई सात दिने साबुन बनाउने तालिम र २८ हजार ५०० मुल्य बरावरको एक थान सावुन कटर मेसिन वितरण गरिएको गाउँपालिकाले जनाएको छ । सामग्री हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष किरण राईले स्थानीयलाई उद्यमसँग जाडेर स्वरोजगार बनाउन साथै उनीहरुको आयआर्जनमा जोड्नको लागि कार्यक्रम सञ्चालन गरेको बताए । अध्यक्ष राईले भने,‘ गाउँपालिकाले स्थानीलाई उद्यमसँग जोड्नको लागि यस्ता खालका कार्यक्रम सञ्चालन गरिरहेको छ । यसले स्थानीयको सीपमा विकास हुन्छ भने त्योसंगसंगै आयआर्जनमा समेत टेवा पुग्छ ।’

तालिम लिएकाहरुलाई उद्यममा लाग्नको लागि थप सहजता बनाउने उद्धेश्यले आवश्यक सामग्री पनि वितरण गरिएको उनको भनाइ छ । यसले गाउँपालिकाको लघुउद्यमको विकासमा सहयोग पुग्नेसमेत बताए । ‘ हामीले सीपसँगै उहाँहरुलाई उद्यमशिलतालाई निरन्तरता दिन सहज होस भन्नको लागि तालिम पश्चात आवश्यक सामग्री पनि हस्तान्तरण गरेका छौँ । सामग्री वितरणले उहाँहरुलाई काम गर्न थप सहज हुने हामीले आशा गरेका छौँ । किसानलाई कृषिमा जोड्नको लागि बास्तिमका १६ जनालाई तालिमसँगै १५ केजी गड्यौला र २५ हजार बरावरको भर्मिक वेड वितरण गरिएको मेट्पाका उद्यम विकास सहजकर्ता मिलन कार्कीले जानकारी दिए । तोकिएको कार्यक्रम मध्ये दुई ओटा तालिम भने सञ्चालन गर्न नसकिएको कार्कीले बताए ।

त्यस्तै स्तरउन्नोती कार्यक्रम तर्फ वडा नं २ तिवारीभञ्याङका ११ जना लघु उद्यमीलाई एक महिने स्तरउन्नोती सम्बन्धि सीप विकास तालिम सञ्चालन गरिएको छ । त्यस्तै वडा नं १ श्यामशिलाका सात जनालाई १५ दिने हाउस वायरिङ तालिम दिएको छ । सोहि कार्यक्रम अन्तर्गत २० जना उद्यमीलाई २० थान स्प्रेयर वितरण गरिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत नविन भट्टराईले जानकारी दिए । प्रमुख प्रशासकिय अधिकृत भट्टराईले भने,‘ तालिम लिएकाहरुलाई तालिमसँगै आवश्यक सामग्री पनि दिएका छौँ । यसले उहाँहरुले सिकेको सिपलाई व्यवहारमा लागु गर्न सहज हुने छ भने उहाँहरु सहजै रुपमा आयआर्जनमा पनि जोडिन सक्नु हुन्छ । खास गरेर हामीले यहाँको लागि उपयोगि हुने तालिमलाई नै जोड दिएका छौँ ।’

त्यस्तै सात जना टेलरिङ व्यवसायका उद्यमीलाई ९९ हजार बराबरको सिलाई मेसिन वितरण गरिएको छ । त्यस्तै ९ जनाको कृषक समूहलाई ८० हजार ९०० मुल्य बरावरको एक थान हाते ट्याक्टर वितरण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार