भोजपुरको सानोदुम्मामा २१ दिने ट्रेल रेस प्रशिक्षण कार्यक्रम सम्पन्न


भोजपुर, १२ असार । अन्तराष्ट्रिय अल्ट्रा धावक मिरा राईको सम्मानमा स्थापना भएको मिरा राई फाउन्डेसनले खेलक्षेत्रको विकास गर्दै पर्यटन प्रवद्र्धन गर्न सञ्चालन भएको २१ ट्रेल रेस प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपालको नाम विश्वमा चिनाउने चेली मिरा जस्तै अन्य खेलाडी उत्पादन गर्ने लक्ष्यले फाउन्डेसनले प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो । फाउन्डेसनको आयोजनामा प्रदेश १ सरकारको संस्कृति तथा पर्यटन विकास मत्रालयको आर्थिक सहयोगमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो । मिरा राईको सम्मानको लागि टे«ल रेसको माध्यमबाट पर्यटन पवद्र्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको मिरा राई फाउण्डेसनका सचिव केशर राईले बताए । सचिव राईले भने‘ दौडको माध्यमबाट नेपालको नाम विश्वमा चिनाउने नेपाली चेलीको जन्म पौवादुङमा भयो । यो भोजपुरबासीसँगै नेपालको लागि गौरवको विषय हो । उहाँ जस्तै धावकहरुको उत्पादन गर्ने लक्ष्यले कार्यक्रम सञ्चालन गरिएको छ । यो प्रशिक्षण मार्फत हामीले दौडका लागि आवश्यक पर्ने ज्ञान दिएका छौँ । ’

गाउँपालिकाले खेलक्षेत्रको विकास लागि योजनाबद्ध रुपमा काम गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । गाउँपलिकाले प्रत्येक टोलमा खेलमैदान निर्माण गर्ने योजनाका साथ काम गर्ने राईको भनाइ छ । साथै राज्यले खेलाडीहरुको खेल खेलेर नै बाच्न सक्ने आधार तयार गर्नु पर्ने अध्यक्ष राईले बताए । अध्यक्ष राईले भने, ‘ हाम्रो गाउँपालिकासँगै देशको नाम विश्वमा चिनाउने चेली मिरा राईको सम्मानमा हामीले विभिन्न काम गरिरहेका छौँ । उहाँको नाम हामीले अन्तराष्ट्रिय मापदण्ड अनुसारको मिराराई रंगशाला निर्माण गरिरहेका छौँ । म आफु पनि पूर्व खेलाडी भएको हिसाबले यहाँको खेलक्षेत्रको विकासमा प्राथामिकताका साथ काम गर्ने मेरो योजना छ । ’पौवादुङमा गाउँपालिका ५ सानोदुम्माका वडाध्यक्ष बोम प्रसाद राईले मिरा राईको सम्मानमा वडाले पनि विभिन्न काम गर्ने बताए । उनले आगामी दिनमा फाउन्डेसनसँगको सहकार्यमा खेलक्षेत्रको विकासका लागि योजनाबद्ध रुपमा अघि बढ्ने धाराणा राखे ।

प्रदेश सरकारको आर्थिक सहयोगमा मिरा राईको सम्मनमा गर्दै आयोजना गरिएको काम प्रशंसायोग्य रहेको स्थानीयले बताएका छन् । यस्तो खेलको विकासमा स्थानीय, प्रदेश तथा केन्द्र सरकाले सहयोग गर्नु पर्ने स्थानीय समाजसेवी विन्द्रमान राईले बताए ।खेल क्षेत्रको विकासका लागि योजनाबद्ध काम गर्ने गाउँपालिकाले जानाएको छ । मिरा राई पौवादुुङमा गाउँपालिका मात्र नभई नेपालकै गहना भएकाले टे«ल रेसको लागि आवश्यक सहयोग गर्ने गाउँपालका प्रमुख प्रशासकिय अधिकृत नविन भटट्राईले बताए । प्रशिक्षणमा पौवादुुङमा गाउँपालिका रामप्रसादराई गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका लगएत विभिन्न ठाउँका ४८ जनाको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार