केन्द्र सरकारबाट भोजपुरमा तीन अर्ब १५ करोड ८९ लाख बजेट विनियोजन, कुन स्थानीय तहमा कति ?


भोजपुर, २० जेष्ठ ।
केन्द्र सरकारबाट भोजपुर जिल्लाका नौ ओटा स्थानीय तहमा तीन अर्ब १५ करोड ८९ लाख बजेट विनियोजन भएको छ ।  समपुरक अनुदान ,वित्तिय समानिकरण , विषेश अनुदान र सर्शत अनुदान गरी चार ओटा शिर्षकमा दुई नगरपालिकाका  लागि ९८ करोड एक लाख र सात ओटा गाउँपालिकाकाको लागि दुई अर्ब १७ करोड ८८ लाख बजेट विनियोजन भएको हो ।

षडानन्द नगरपालिकामा सवै भन्दा बढी ५१ करोड ५२ लाख र सवै भन्दा कम साल्पासिलिछो गाउँपालिकामा २४ करोड ५५ लाख बजेट विनियोजन भएको छ । त्यसैगरी भोजपुर नगरपालिकामा ४६ करोड ४९ लाख, अरुण गाउँपालिकामा ३१ करोड आठ लाख, आमचोक गाउँपालिकामा ३१ करोड ९८ लाख र टेम्केमैयुङ गाउँपालिकामा ३८ करोड ६६ लाख बजेट आएको छ । त्यस्तै पौवादुङमा गाउँपालिकामा ३० करोड १४ लाख, रामप्रसादराई गाउँपालिकामा ३१ करोड ६५ लाख र हतुवागढी गाउँपालिकामा २९ करोड ८२ लाख बजेट विनियोजन गरेको हो ।

अहिले केन्द्र सरकारबाट विनियोजन भएको बजेट आएको भएपनि अब प्रदेश सरकार र आन्तरिक आयलाई जोडेपछि सवै स्थानीय तहको अन्तिम बजेट तयार हुने पौवादुङमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नविन भट्टराईले जानकारी दिए ।

देशभरका स्थानीय तहहरूले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत तीन खर्ब ३७ करोड १६ लाख बजेट पाएका छन् । स्थानीय तहहरुले समानीकरण अनुदान अन्तरगत एक खर्ब २३ करोड बजेट पाएका छन् ।

सशर्त अनुदानतर्फ स्थानीय तहले एक खर्ब ८३ अर्ब ७२ करोड बजेट पाउने भएका छन् । समपूरक अनुदानका लागि स्थानीय तहलाई सात अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । विशेष अनुदानतर्फ स्थानीय तहलाई नौ अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार