आमचोक गाउँपालिकाको पहिलो निर्णय : असक्त र जेष्ठ नागरिकलाई यातयात, सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्ससँगै गम्भीर रोगलाई अनुदान


भोजपुर, ९ बैशाख ।
भोजपुरको आमचोक गाउँपालिकाले जेष्ठ नागरिक, असक्त तथा अपाङगता भएकाहरुलाई यातयात सुविधा दिने निर्णय गरेको छ । दोश्रो कार्यकालको पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष अशोक राईले गाउँपालिकाबासीलाई कार्यालयको कामको लागि आवतजावतमा गर्दा यातयातको सुविधा दिने निर्णय गरेका हुन् । उनीहरुले गाउँपालिका, वडा कार्यालय, प्रहरी कार्यालय तथा अन्य सरकारी कामको लागि आवतजावत गर्दा यातयात सेवा पाउने गाउँपालिका अध्यक्ष राईले जानकारी दिए ।

अध्यक्ष राईले भने,‘ अति न्यूनतम शुल्कमा यातयात सेवा दिने निर्णयमा हस्ताक्षर गरेको छु । ‘नागरिक उपचार कोष’ खडा गरेर त्यसको कार्यविधिको आधारमा नागरिक सेवा दिन्छौँ । यसले असक्त तथा बृद्धबृद्धा नागरिकलाई सहजता थप्नेमा म आशावादी छु ।’

त्यस्तै गाउँपालिकाले मिर्गौला फेल भएका, मुटुको शल्यक्रिया, मस्तिकघात भएका, दुर्घटनामा परी अङ्गभङ्ग भई असक्त बनेका र क्यान्सर लगायत दिर्घरोगीहरूलाई उपचार खर्चबापत एक लाखसम्म अनुदान सहयोग गर्ने निर्णय गरेको हो । यसैगरी गाउँपालिकाले सुत्केरी महिलाहरुको लागि निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णयसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार