षडानन्द नगरप्रमुख उदासको पहिलो निर्णय : जेष्ठ नागरिक र असक्तलाई निःशुल्क एम्बुलेन्स सेवा


भोजपुर,९ बैशाख ।
षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले सुत्केरी, असक्त, दुर्घटनाका घाइते तथा जेष्ठ नागरिकलाई निः शुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै उदासले निःशुल्क एम्बुलेन्स सेवा दिने पहिलो निर्णयमा हस्ताक्षर गरेका हुन् ।
पदभार ग्रहण कार्यक्रममा बोल्दै प्रमुख  उदासले एम्बुलेन्स खरिद गरिजेष्ठ नागरिक, क वर्गका अपाङ्गहरु, गर्भवती तथा सुत्केरीहरु, दुर्घटनामा परेर घाइते भएकाहरु र आपत विपतमा परेकाहरुलाई स्वास्थ्य सेवा पहुँचलाई सहज बनाउन यस्तो निर्णय गरिएको बताएका हुन् ।भौगोलिक रुपले विकट नगरपालिकाका दुर्गमक्षेत्रका नागरिकको स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राखेर उक्त निर्णय गरिएको प्रमुख उदासको भनाई छ ।
प्रमुख उदासले भने,‘मैले निर्वाचनको बेलामा पनि यहाँका नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर काम गर्ने प्रतिवद्धता दिएको छु । दुर्गम भेगका नागरिकहरुलाई स्वास्थ्य सेवा लिन समस्या छ । स्वास्थ्य सेवालाई केहि सहज बनाउने उद्धेश्यले यो पहिलो निर्णय गरेका छौँ । यसले यहाँका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने छ ।’

भदभार ग्रहण गर्दै नगर उप– प्रमुख प्रमिला राईले आगमी दिनमा जनताको पक्षमा योजनाबद्ध रुपमा काम गर्ने बताइन् ।साथै उनले महिलाको स्वास्थ्य क्षेत्रसँगै उनीहरुको सम्पूर्ण क्षेत्रको विकासमा काम गर्ने प्रतिवद्धतासमेत जनाइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार