एमाले भोजपुरले गर्याे स्वतन्त्र उम्मेदवारी दिने दुई जनालाई कारवाही (विज्ञप्ति सहित )

स्वतन्त्र उम्मेदवारलाई सहयोग गरे कारवाही गर्ने चेतवानी


भोजपुर, २० बैशाख । नेकपा एमाले भोजपुरले पार्टीको निर्देशन विपरित काम गर्ने दुई जनालाई कार्वाही गरेको छ । बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा पार्टीको नियम विपरित स्वतन्त्र उम्मेदवारी दिएको भन्दै नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य दौलथ कुलुङ राई र भोजपुुर नगर वडा कमिटी १२ टक्सारका वडाध्यक्ष कुमार श्रेष्ठलाई कार्वाही गरिएको नेकपा एमाले भोजपुरले जनाएको छ । एमालेले विज्ञप्ति मार्फत यस्तो जनाएको हो ।

पार्टी अध्यक्ष शरण कुुमार राईद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनियको छ: बैशाख ३० गते हुन गहिरहेको स्थानीय तहको निर्वाचको सन्दर्भमा नेकपा एमाले भोजपुरको तर्फबाट ९ वटै स्थानीय तहहरुमा पार्टीको तर्फबाट उम्मेदवार मनोनयन दर्ता गर्ने काम सम्पन्न भएको छ ।

उम्मेदवारी मनोनयन गर्ने क्रममा पार्टीको निर्णय विपरित स्वतन्त्र उम्मेदवार दिनु हुने नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य दौलथ कुलुङ राई र भोजपुर नगर वडा कमिटी १२ नम्वर वडाका वडाध्यक्ष कुमार प्रसाद श्रेष्ठलाई पार्टीको उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएको हुनाले पार्टीको विद्यानको धारा ८० को ६ वमोजिम आजकै मितिबाट लागु हुने गरि पार्टीको सम्पुर्ण जिम्मेवारीबाट मुक्त गर्दै पार्टीको सदस्यता समेत नरहने गरि कार्वाही गरिएको व्यहोरा उल्लेख गरिएको छ ।

साथै पार्टीको निर्णय विपरित स्वतन्त्र उम्मेदवारको पक्षमा लागि प्रचार प्रसार गर्ने र मतदाताहरुलाई स्वतन्त्र उम्मेदवारको पक्षमा मतदान गर्न लविङ नगर्न अनुरोध गरिएको छ । अन्यथा पार्टीको विद्यान बमोजिम कार्वाही गरिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार