भोजपुरमा माओवादी केन्द्रका वडाध्यक्ष एमालेमा प्रवेश


भोजपुर,१७ बैशाख । माओवादी केन्द्रका वडा कमिटी अध्यक्षसहित विभिन्न पार्टी परित्याग गरि ६ जना एमालेमा प्रवेश गरेका छन् । भोजपुर नगरापालिका वडा नं ८ वडा कमिटी अध्यक्ष सीताराम तामाङ एमालेमा प्रवेश गरेका हुन् ।

त्यस्तै नेपाली काङग्रेसका नगर कमिटी सदस्य प्रशुराम प्रधान, भक्त बहादुर प्रधान, नेपाली काङग्रेसका दलित संघ जिल्ला समिटि उपाध्यक्ष रामचन्द्र सुन्दास, नेपाली काङग्रेस वडा समिति सचिव कमला अधिकारी र नेपाली काङग्रेस क्रियाशिल सदस्य प्रेम कुमारी बस्नेत एमालेमा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई नेकपा एमाले स्थायी कमिर्टी सदस्य शेरधन राईले पार्टीमा स्वागत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार