भोजपुर एमालेले घोषणा गर्यो साइवर फोर्स


भोजपुर, १६ बैशाख । नेपाल कम्यूनिष्ट पार्टी (एमाले)ले आफ्नो सरकारले गरेका जनमुखी कामलाई जनता समक्ष पु¥याउने लक्ष्यले साईवर फोर्स घोषणा गरेको छ । एमालेले सामाजिक सञ्जाल मार्फत आफ्ना नीति तथा कार्यक्रम सहज रुपमा जनता माझ पु¥याउन दुई हजार एक सय सदस्य फोर्सको घोषणा गरेको हो ।
शुक्रबार एक कार्यक्रमका बीच एमालेले फोर्सको बारेमा जानकारी गराएको हो । ‘आक्रमक, संयमित अनि अनुशासित’ भन्ने मुल नाराका साथ फोर्सले सूचना तथा जानकारी जनस्तरसम्म पु¥याउने नेकपा एमाले भोजपुरका अध्यक्ष शरण कुमार राईले जानकारी दिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष राईले‘ आगामी निर्वाचनमा एमालेको जित सुनिश्चित छ । एमालेको गतिविधि देखेर विपक्षीहरु गाली गलोजमा उन्त्रन थालेका छन् । हाम्रो यो फोर्सले संयमित तरिकाबाट विपक्षीले फैलाएका भ्रमहरुलाई चिर्नेछ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार